दफा २१
विशेषज्ञको सेवा लिन सक्ने
(१) आयोगले आवश्यकता अनुसार निर्वाचनको कामको सम्बन्धमा विशेषज्ञको सेवा लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लिइएको विशेषज्ञको सेवाको कार्य विवरण र पारिश्रमिक आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।